×

TUNGOON

बहुमतको सरकार गठन गर्न माग गर्दै लुम्बिनीमा विपक्षी दलले पेश गरे ४१ जनाको हस्ताक्षर


 

काठमाडौं । साउन १९ गते.
लुम्बिनी प्रदेशसभामा कायम ४ विपक्षी दलले बहुमतको सरकार गठन गर्न माग गर्दै प्रदेश प्रमुखसमक्ष ४१ जना सांसदको हस्ताक्षर बुझाएका छन् । लुम्बिनीमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको सक्रियता बढेको छ । प्रदेश प्रमुख अमिक शेरचनलाई सोमबार उक्त हस्ताक्षरसहितको निवेदन बुझाउँदै उनीहरुले बहुमतको सरकार ठगनका लागि माग गरेका हुन् ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरु रहेका छन् ।संविधानको धारा १६८ ९१० बमोजिम हाल कायम रहेको एकल बहुमतको सरकार अल्पमतमा परिसकेको भन्दै बहुमतको सरकार गठनका लागि पहल गर्न उनीहरुले माग गरेका छन् । नेकपा एमालेबाट निर्वाचित मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परिसकेको भन्दै अब संविधानको धारा १६८ ९२० अनुसार दुई वा सो भन्दा बढी दलहरुको समर्थनमा बहुमतको सरकार गठनका लागि विपक्षीले आह्वान गरेका हुन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला