×

TUNGOON

भेरोसेल खोप दोस्रो मात्रा काठमाडौँमा साउन २२ गतेदेखि दिने तयारी


काठमाडौं साउन १९ गते
काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंले जनाएो छ । पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप अभियान संचालन हुने छ ।
जसअनुसार १ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो मात्रा पाउने छन् ।

अब दोस्रो मात्रा खोप लगाउने नागरिकले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र पुग्नुपर्ने जानकारी दिए ।यसअघि साउन १४ देखि १८ गते सम्म गतेसम्म काठमाडौंमा १ लाख ८० हजार ५३४ जना व्यक्तिले भेरोसेलको पहिलो मात्रा लगाइसकेका जनस्वास्थ्य कार्यालय जनाएको छ । जुन कार्यक्रमअनुसार आजपनि काठमाडौं महानगरपालिका र बूढानीलकण्ठका केही स्थानमा भने खोप कार्यक्रम संचालन हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला