×

TUNGOON

दार्चुला घटनामा भारतसँग औपचारिक विरोध जनाउन सरकारसँग प्रमुख प्रतिपक्ष एमालेको आग्रह


काठमाडौं । साउन १९ गते
भारतीय सीमा सुरक्षा बलले महाकालीमाथिको तुइन ुकाटिदिँदाु जयसिंह धामी नदीमा बेपत्ता भएको घटनाबारे औपचारिक विरोध जनाउन एमालेले आजसंसद्‍मा माग गरेको छ । प्रमुख प्रतिपक्ष एमालेले दार्चुला घटनामा भारतसँग औपचारिक विरोध जनाउन सरकारसँग माग गरेको हो ।दार्चुलाबाट प्रतिनिधित्व गर्ने एमालेका सांसद गणेशसिंह ठगुन्नाले घटनाको औपचारिक रूपमा भारतसमक्ष विरोध जनाइयोस् र दोषीलाई कारबाही गर्न पहिल गर्नु पर्ने बताउनु भएको छ ।

धामीका परिवारलाई सरकारले क्षतिपूर्ति गर्नुपर्ने पनि एमालेको माग छ ।सांसद ठगुन्नाले दार्चुला खलङ्गा–तिंकर–कालापानी सडकलाई राष्ट्रिय गौरव आयोजनामा राख्न माग गर्नु भएको छ । उहाँले त्यो सडक खन्ने जिम्मेवारी नेपाली सेना र स्थानीय युवाहरूलाई दिन माग गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला