×

TUNGOON

पार्टी अध्यक्ष ओली नै पार्टी एकताको विरोधी रहेको नेपाल पक्षको आरोप


 

काठमाडौं । साउन २१ गते
पार्टी अध्यक्ष केपी शर्मा ओली नै पार्टी एकताको विरोधी रहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आरोप लगाएको छ । नेपाल पक्षका नेता मेटमणी चौधरीले ओलीले पार्टी एकता हुन नदिनका लागि २र३ वर्षदेखि नै लागेको आरोप लगाउनु भएको छ ।

आज पार्टीको केन्द्रीय कमिटी बैठकअघि बोल्दै नेता चौधरीले उक्त आरोप लगाउनु भएको हो । त्यस्तै ओली नै पार्टी एकताको विरोधी भएको दाबी गर्दै नेता चौधरीले अझै ओलीलाई अध्यक्ष मानेर अघि बढ्न नसकिने जिकिर गर्नु भएको छ । त्यसैगरी आजको बैठकमा आागमी दिनमा पार्टी कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने जानकारी दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला