×

TUNGOON

चट्याङ लागेर १७ जनाको मृत्यु


काठमाडौं । साउन २१ गते
बंगलादेशको शिवगञ्जमा १७ जनाको चट्याङ लागेर मृत्यु भएको छ । बिहेको जन्तीमा सहभागी भएका १७ जनाको ज्यान गएको हो । दुलाहा लगायत १४ अन्य घाइते भएका छन् ।जन्ती एउटा नदी पार गरी डुंगाबाट ओर्लिएर दुलहीको घरतिर जाँदै गर्दा चट्याङ परेको थियो । स्थानीयहरूका अनुसार, जन्तीमा धेरैपटक चट्याङ परेको थियो ।

दक्षिण एसियाका विभिन्न मुलुकमा प्रत्येक वर्ष सयौंजना चट्याङ परेर बित्ने गरेका छन् । सन् २०१६ मा बंगलादेशले चट्याङलाई प्राकृतिक विपत घोषणा गरेको थियो । त्यस वर्षको मे महिनामा मात्र २०० जनाको मृत्यु यसैकारणले भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला