×

TUNGOON

मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएर राखेको लुम्बिनी प्रदेशसभा सांसद विमला वलीको आरोप


काठमाडौं । साउन २१ गते
मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएर राखेको लुम्बिनी प्रदेशसभा सांसद विमला वलीले आरोप लगाउनु भएको छ । पछिल्लो केही दिन यता सार्वजनिक नभएकी प्रदेशसभा सांसद वलीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाउनु भएो हो । नेकपाबाट निर्वाचित भएकी सांसद वलीले नेकपा विभाजनपछि माओवादी केन्द्रमा लागेकी वलीलाई मुख्यमन्त्री लगायतका एमाले नेताहरुले एमालेमा फर्कन दबाव दिँदै बन्धक बनाएको जानकारी दिनु भएको छ ।

उहाँलाई साउन १५ गतेबाट मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखिएको र २० गते आफू उम्किन सफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।उहाँले आफू माओवादी केन्द्र मै रहेको बताउनु भउको छ । साउन १८ गते विज्ञप्ति तयार गरी आफूलाई पढ्न समेत नदिई जबरजस्ती हस्ताक्षर गरिएको उहाँको दाबी छ । साउन १६, १७,१८ सम्म मुख्यमन्त्र निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दबाव दिइएको र आफुले इन्कारी जारी राखेको उहाँको विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँले साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्न नदिई जबरजस्ती हस्ताक्षर गराएको आरोप लगाउनु भएको छ ।उहाँले आफूलाई असह्य मानसिक पीडा भएपछि मुख्यमन्त्री निवासबाट भागरे माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुगेको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला