×

TUNGOON

अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिले पार्टी एकताको वातावरण खल्बलिएको नेकपा उपाध्यक्ष रावलको भनाई


काठमाडौं । साउन २१
अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिले पार्टी एकताको वातावरण खल्बलिएको नेकपा (एमाले) उपाध्यक्ष भीम रावलको भनाई छ । आज माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै उपाध्यक्ष रावलले ओलीका अभिव्यक्तिले पार्टी एकता खल्बल्याएको बताउनु भएको हो ।

रावलको भनाइ उद्दधृत गर्दै नेपाल समूहका नेता यज्ञराज सुनुवारले केपी ओलीका पछिल्ला अभिव्यक्तिले एकताको वातावरण खल्बल्याएको र एकताको प्रयास जारी गर्नुपर्ने जिकिर गर्नु भएको छ । भेलामा रावलले कार्यदलमार्फत भएका कामहरुको सबै वरिष्ठ नेता माधवकुमार नेपालसँगको सहमति र निर्देशनमा गरेको बताउनु भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला