×

TUNGOON

पार्टी एकताका लागि आफूहरु तयार रहेको एमाले वरिष्ठ नेपालको भनाई


काठमाडौं । साउन २१
पार्टी एकताका लागि आफूहरु तयार रहेको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बताउनु भएको छ । आज आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताउनु भएको हो । बैठकको अध्यक्षता गर्दै नेता नेपालले एजेन्डामा आफूहरुले केपी ओलीलाई जितेको बताउनु भएको थियो ।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले ओलीसँग लत्रिएर जानु आवश्यक नभएको बताउनु भएको थियो । शुक्रबारसम्म चल्ने बैठकमा सहभागीहरुलाई ३र३ मिनेट बोल्नका लागि समय छुट्याइएको छ । बिहीबारको बैठकमा ७३ जनाले हस्ताक्षार गरेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला