×

TUNGOON

सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको नेकपा एमाले नेता रघुजी पन्तको भनाई


काठमाडौं । साउन २१
सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको नेकपा एमाले खनाल–नेपाल समूहका नेता रघुजी पन्तले बताउनु भएको छ । आज बसेको केन्द्रीय कमिटीको बैठकपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै नेता पन्तले आफूहरु वर्तमान सरकारमा सहभागी नहुने बताउनु भएको हो । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नका लागि समर्थन गरेको एमाले खनाल(नेपाल पक्षले समर्थन जनाएको थियो । उक्त समूह सरकारमा सहभागी हुने आसमा देउवाले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैन ।

यद्यपि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जसपाले मन्त्रीका नाम टुंग्याउन सकिरहेको छैन ।नेता पन्तले वरिष्ठ नेता माधवकुमार नेपाल, विभिन्‍न सदस्यहरुले बैठकमा धारणा राखेको बताए । त्यस्तै, पार्टी विवाद समाधानका लागि आफ्नो तर्फका कार्यदल संयोजक भीम रावलले कार्यदलमा भएका १० बुँदे सहमतिका विषयमा विस्तृतमा व्याख्या गरेको पनि बताए ।उनले दुवै समूहबाट गठित कार्यदल सक्रिय रहेको र वार्ता र छलफल भइरहेको बताए ।उनका अनुसार केन्द्रीय समिति बैठक शुक्रबार बिहान साढे ११ बजे पुन बस्ने छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला