×

TUNGOON

सरकारले परीक्षा स्थगित मात्रै नभई , विकल्पसहित निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको कांग्रेसका नेता गगन थापाद्वारा जानकारी


काठमाडौं । साउन २४ गते
सरकारले परीक्षा स्थगित मात्रै नभई विकल्पसहित निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले जानकारी दिनु भएको छ । आज सामाजिक सञ्जाल ट्विटर मार्फत उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय हुने विश्वास मिलेको बताउनु भएको छ ।

थापाले प्रधानमन्त्रीसँगको भेटमा अन्य कुरासँगै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र नभई विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेको जानकारी दिनु भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला