×

TUNGOON

जापानले दिएको कोरोनाविरुद्धको कोभिशिल्ड खोप नेपाल आइपुग्यो


काठमाडौं । साउन २४ गते
आज बिहान ९ बजे जापानबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोप नेपाल आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चरणमा पाँच लाख १३ हजार डोज खोप आइपुगेको हो ।आइतबार थप दुई लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।

कोभिशिल्ड खोप आएसँगै यसअघि पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाउने भएका छन् ।स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा। झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई यही साउन २५ गतेदेखि खोप दिइनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला