×

TUNGOON

करिब १० घण्टापछि लाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा भएको भीषण आगालागी नियन्त्रणमा


काठमाडौं । साउन २४ गते
करिब १० घण्टापछि लाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा भएको भीषण आगालागी नियन्त्रणमा आएको छ । क्षेत्रभित्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा राति २ बजेदेखि आगो लागेको थियो ।आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्र, सुरक्षाकर्मी खटिएका थिए ।उपत्यकाका सबै दमकल, प्रहरी, सेना र स्थानीय परिचालित गरिएपनि आगो नियन्त्रणमा नआएपछि हेलिकप्टरबाटसमेत पानी फालिएका थियो ।बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो नियन्त्रणमा आएको छ ।

आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि नियन्त्रणमा आएको हो ।नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालिमा आज बिहान एक्कासी आगलागी हुँदा उत्पादित सामग्री जलेर नष्ट भएको छ । अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको नेपाली सेनाले जानकारी दिएको छ । यस्तै २५ ट्याङ्करले निरन्तर पानी ओसारपसार गरेका थिए । काठमाडौँ महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित उक्त नेबिको प्रालिमा आगलागी हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । रु एक अर्ब बराबरको लगानीमा सञ्चालनमा रहेको उक्त प्रालिले भर्खरै नयाँ प्लान्ट जडान गर्ने क्रममा रहेको थियो । बजारमा नयाँ ढङ्गले जान लागेका बेलामा आज बिहान एक्कासी आगलागी भएको हो ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला