×

TUNGOON

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन


काठमाडौं । साउन २४ गते
आज २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेहको हो । कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा गराउन सम्भव नभएपछि एसईईको नतिजा आन्तरिक मूल्याङ्कन मार्फत गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो । कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो । गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ ।

५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।नतिजा हेर्नको लागि एसईई लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखि ३४९४९, ३१००३ र ३५००१ मा एसएमएस गर्न सकिने छ ।त्यस्तैगरी अन्य विभिन्न माध्यमहरुबाट पनि नतिजा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा बोर्डको वेबसाइट र आईभीआर प्रयोग गर्न सकिने छ ।त्यसका लागि www.see.gov.np, www.neb.gov.np मा गएर त्यहाँ दिएको निर्देशन अनुसार नतिजा हेर्न सकिने छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला