×

TUNGOON

भिडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सबैमा प्रधानमन्त्री देउवाको आग्रह


काठमाडौं । साउन २४ गते
सबैको साझा प्रयासले मात्र कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि सुरु गरेको ‘नेपाल मास्क अभियान’ सन्दर्भमा उनले दिएको भिडियो सन्देशमा सरकारको एक्लो प्रयासले मात्र कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा जोड दिनु भएको हो ।

प्रधानमन्त्री देउवाले कोरोनाभाइरस माहामारीको तेस्रो लहर छिट्टै हुने लक्षण देखिएको भन्दै यसप्रति सबै सजग र सचेत हुनुपर्ने बताउनु भएको छ । उहाँले भिडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सम्पूर्ण राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्रलाई आग्रह गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला