×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं ।साउन २५ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज वैदेशिक क्षेत्रको काम अघि बढ्ने योग रहेको छ भने व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनुका साथै विद्यामा सफलता पाइने तथा प्रेममा मधुरता पनि छाउनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज धार्मिक कार्यमा रुचि बढ्ने योग रहेको छ भने व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने तथा विद्या र बुद्धिको विकास हुनुका साथै गरेको कार्यमा सफलता मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज स्वादिष्ट भोजन पाइने योग रहेको छ भने प्रेममा मधुरता छाउने तथा लामो समय देखि रोकिएको धन हात पर्न ुका साथै दिनको उत्तरार्धमा धन खर्च भने हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै परिवारमा सुख सन्तोष छाउने तथा नयाँ कामको थालनी हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मनमा दुबिधा उत्पन्न हुने योग रहेको छ भने अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने तथा आर्थिक कारोबारमा मन्दी आउनुका साथै महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज कुनै कुराले मनमा प्रसन्नता छाउनुका साथै अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने नसोचेको ठाउँबाट धनागमको हुने तथा दैनिक कार्यमा प्रगति नै हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज धनार्जनका स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने शेयर बजारको लगानीले लाभ मिल्नुका साथै आत्मबल बढाएर काम गरेमा बढी सफल भइनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको योग रहेको छ भने लो लगानी नगर्दा वेश हुने तथा आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्नुका साथै साना तिना समस्यामा अल्झनुपर्ने योग रहेको छ भने स्वास्थ्यमा समस्या आउने तथा वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज महिला वर्गबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने परिश्रम गर्दा धनार्जन हुनुका साथै अनुहारमा कान्ति र मनमा शान्ति छाउने तथा लाभदायक यात्रा पनि रहला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज विशिष्ट व्यक्तिको साथ पाइनुका साथै दाम, इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने कार्यमा सफलता पाइने तथा राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सामाजिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ भने प्रेम सम्बन्ध कसिलो हुनुका साथै मनमा सहयोग भाव आउने तथा वैदेशिक कार्य अघि बढ्ने र धन प्राप्त पनि हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला