×

TUNGOON

आज सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्दै


काठमाडौं । साउन २४ गते
आज सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका शिर्ष नेताहरु सहभागी हुंदैछन् ।

शिर्ष नेताहरुको बैठक शनिवार बोलाइएकोमा माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाण्डु बाहिर भएका कारण स्थगित भएको थियो ।माओवादी केन्द्रका अध्यक्ष दाहालकी स्वकिय सचिव गंगा दाहालले शिर्ष नेताहरुको बैठक १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिईन ।आइतबार बस्ने बैठकमा मन्त्रिमण्डल गठन र शक्तिबांडफांडबारे छलफल हुने बताइएको छ ।शिर्ष नेताहरुको बैठकमा सहमती भए सोमबारभित्र नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ । सर्वोच्च अदालतको परमादेशपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त भएको आज २७ दिन हुंदा समेत मन्त्रीमण्डल वन्न सकेको छैन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला