×

TUNGOON

सुकुम्बासी आयोग गठन गरेर जमिन बाँड्ने योजना सफल नभएको एमालेका उपाध्यक्ष वामदेव गौतमको भनाई


काठमाडौं । साउन २४ गते
जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदा सुकुम्बासी बन्ने प्रक्रिया सुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई सरकारले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बताउनु भएको छ । आज राष्ट्रिय सभाको बैठकको विशेष समयमा सभाका सदस्य गौतमले सबै भूमिहीनलाई जनही पाँच–पाँच कट्ठा पनि जमिन दिन नसकिने भएकाले जमिन नहुनेलाई रोजगारी दिएर समृद्धितर्फको यात्रा प्रारम्भ गर्न सकिने सुझाउनुभयो ।

विसं २०५१ देखि अहिलेसम्मका विभिन्न सरकारले पटक–पटक सुकुम्बासी आयोग गठन गरेर जमिन बाँड्ने योजना सफल नभएकाले यो बाटो वैज्ञानिक नभएको तर्क राख्नुभयो । नेपाली कांग्रेसकी अनिता देवकोटाले कोभिड सङ्क्रमणबाट प्रभावित शैक्षिक सत्रलाई स्वास्थ्य मापदण्डको पालना गरेर नियमित गराउन माग गर्नुभयो । उहाँले कक्षा ११ र १२ सञ्चालन हुने विद्यालयका लागि शिक्षक दरबन्दीको व्यवस्था गर्न पनि ध्यानाकर्षण गराउनुभयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला