×

TUNGOON

आज नेकपा एमालेको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठक बस्दै


काठमाडौं । साउन २५ गते
आज नेकपा एमालेको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठक बस्दै छ ।स्थायी कमिटी बैठक बिहान ११ बजे ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ भने केन्द्रीय कमिटी बैठक पनि सोही स्थानमा दिउँसो ३ बजे बस्नेगरी बोलाइएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रस्ताव र संगठन विभाग प्रमखु विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल गरिने जनाइएको छ ।त्यसैगरी बैठकमा दशौं महाधिवेशनको सम्बन्धमा पनि छलफल गरिने छ ।वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग एकताको लागि भन्दै एमाले बैठक आजसम्मका लागि पछि धकेलिएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला