×

TUNGOON

आज कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला हुँदै


काठमाडौं । साउन २५ गते
आज नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला हुँदै छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् ।सरकारको कामकारबाही र आगामी चुनावमा केन्द्रित रहेर छलफल गरी आवश्यक रणनीति बनाइने छ ।

यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक(पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न बिभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौं आएका छन् । छलफल आज र भोलि दुई दिनसम्म चल्ने छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला