काठमाडौं । साउन २५ गते
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी वायुको प्रभावका कारण अहिले देशका अधिकांश भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । केही स्थानमा हल्का वर्षा भइरहेको छ ।सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।त्यस्तै आज देशका विभिन्न भागमा भारी वर्षासँगै केही नदीमा पानीको वहाब बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज कोशी, कर्णाली, कन्काई, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र यिनका सहायक नदीहरुमा बहाव बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।नारायणी, महाकाली, कमला, तिनाउ, बबईलगायत नदीमा वहाब सामान्य घटबढ भए पनि जलसतह भने सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको विभागको भनाइ छ। प्रदेश १ का अधिकांश जिल्ला तथा प्रदेश २ को रौतहट र धनुषाका नदी तथा खोलामा आज पानीको सतह बढ्ने विभागको भनाइ छ।सुदूरपश्चिम प्रदेशको बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव आउन सक्ने पूर्वानुमान रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ।