×

TUNGOON

जसपाले पहिलो पटक डाक्यो केन्द्रीय बैठक


काठमाडौं । साउन २५ गते
जसपाले भदौ १ र २ गते जनता समाजवादी पार्टी (जसपा) ले पहिलोपटक केन्द्रीय कमिटी बैठक डाकेको छ । केन्द्रीय पार्टी कार्यालय बालकुमारी बैठक डाकेको हो । बैठकलाई महन्थ ठाकुर पक्षका केन्द्रीय सदस्यलाई हटाउने तयारीको रुपमा बुझिएको छ ।पछिल्लो समय निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको छ ।

आधिकारिकता दाबी गर्दै महन्थ ठाकुर पक्ष अदालत गएको थियो । सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।राजपा र जमाजवादी पार्टी मिलेर जसपा नेपाल बनेपछि दुवै पार्टीबाट ४–४ सय जनालाई केन्द्रीय सदस्य बनाउने सहमति भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला