×

TUNGOON

कक्षा १२ को परीक्षा मात्रै स्थगित गरेर अन्य परीक्षा भने कायमै राखिएको प्रति काँग्रेस नेता गगन थापाको असन्तुष्टि


काठमाडौं । साउन २५ गते
कक्षा १२ को परीक्षा मात्रै स्थगित गरेर अन्य परीक्षा भने कायमै राखिएको प्रति नेपाली काँग्रेस नेता गगन कुमार थापाले असन्तुष्टि जनाउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत नेता थापाले यसको आधार तर्क के हो भन्दै प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका शेरबहादुर देउवालाई प्रश्न समेत गर्नु भएको छ ।

उहाँले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्ने नभए वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्ने धारणा राख्नु भएको छ । सरकारले कक्षा १२ को परीक्षा स्थगित गरेपनि त्रिभुवन विश्वविद्यालयलगायतका परीक्षा जारी रहेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय थियो ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला