×

TUNGOON

भिडभाड तेस्रो लहरको उद्घाटन समारोह बन्नसक्ने भएकाले सचेत रहन कांग्रेसका प्रवक्ता शर्माको आग्रह


काठमाडौं । साउन २५ गते
परीक्षा हल, बजारको भिडभाड र मोटरहरु तेस्रो लहरको उद्घाटन समारोह बन्नसक्ने भएकाले सचेत रहन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आग्रह गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत उहाँले यस्तो आग्रह गर्नु भएको हो । उहाँले खोप दिएपछि मात्र परिक्षा लिनुपर्ने धारणा राख्नु भएको छ ।

त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएपछि त्यसको आलोचना भएको छ ।आइतबार मात्र कोरोना संक्रमणका कारण ५५ जनाको मृत्यु भएको उल्लेख गर्दै शर्माले विद्यार्थीको जीवन जोगाउन सम्बन्धित निकायलाई घचघच्याउनु आफुहरुको जिम्मेवारी भएको उल्लेख गर्नु भएको छ । यसअघि शनिबारको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन ३१ गतेबाट सञ्चालन गर्ने गरी पूर्व घोषित कक्षा १२ को परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरिसकेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला