×

TUNGOON

जसपाको कार्यकारिणी समिति ३५ सदस्यीय कायम


काठमाडौं । साउन २५ गते
जनता समाजवादी पार्टी नेपाल जसपाको कार्यकारिणी समिति निर्वाचन आयोगले ३५ सदस्यीय कायम गरेको छ । एकल अध्यक्षमा जाने तथा ३५ सदस्यीय कार्यकारिणी समिति कायम गर्नेगरी जसपाले आयोगलाई पठाएको पत्र पठाएअनुसार दर्ता किताबमा अध्यावधिक गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

यससँगै अब जसपामा उपेन्द्र यादव एकजना मात्र अध्यक्ष कायम भएका छन् भने महन्थ ठाकुरको अध्यक्ष पद गुमेको छ । आयोगमा हेडकाउन्ट हुँदा महन्थ ठाकुरसहित जसले विपक्षमा मतदान गरेका थिए उनीहरुको नाम कार्यकारिणी समितिबाट हटाइएको जसपाले जनाएको छ । यद्यपी अहिले पनि महन्थ ठाकुरले आफू जसपाको अध्यक्ष रहेको भन्दै तराई मधेशका जिल्लाहरुमा कार्यक्रम गरिरहेका छन् ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला