×

TUNGOON

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप,राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने


काठमाडौं । साउन २६ गते
मंगलबार उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले निषेधाज्ञा १२ दिन थप गर्ने निर्णय गरेको हो ।  काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप भएको छ । पहिलेकै निर्णयहरूलाई कडाइ गर्दै थप १२ दिन निषेधाज्ञा गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।त्यस्तै बैठकले उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला