×

TUNGOON

आज शेयर बजार परिसूचक नेप्सेले नयाँ रेकर्ड बनायो,५१ दशमलव ८६ अङ्कले उकालो


काठमाडौं । साउन २६ गते
आज शेयर बजार परिसूचक नेप्सेले नयाँ रेकर्ड बनाएको छ । नेप्से आज ५१ दशमलव ८६ अङ्कले बढेर तीन हजार एक सय ६१ दशमलव ४४ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको शेयर ३९ अङ्कले र विकास बैंकको चार सय ६ अङ्कले उकालो लागेको हो ।आज बेस्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स, सिन्धु विकास बैंकलगायत १३ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ भने पाँच कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।पछिल्ला केही दिन निरन्तर बढिरहेको जलविद्युत् समूहको शेयर आज भने घटेको छ ।

आज साञ्जेन जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।आज दुई सय २५ कम्पनीका तीन करोड ३५ लाख ३५ हजार कित्ता शेयर १७ अर्ब ८४ करोड ६१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ८९ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।यस्तै आज फाइनान्सको एक सय ९० अङ्कले र माइक्रोफाइनान्सको ७३ अङ्कले, जीवन बीमा समूहको शेयर दुई सय ११ अङ्कले, निर्जीवन बीमा समूहको शेयर एक सय ४२ अङ्कले, उत्पादनको ४४ अङ्कले र अन्य समूहको शेयर आठ अङ्कले वृद्धि भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला