×

TUNGOON

एमालेकै माधव नेपाल पक्षका सांसदलाई मन्‍त्री बनाइ दिन भन्‍दै ओलीको व्‍यङ्ग्य


काठमाडौं । साउन २६ गते
एमालेकै माधव नेपाल पक्षका सांसदलाई मन्‍त्री बनाइ दिन भन्‍दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले व्‍यङ्ग्य गर्नु भएको छ । आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो व्‍यङ्ग्य गर्नु भएको हो । अध्यक्ष ओलीले मन्त्री पाउँ भन्दै केही सांसदले रातरदिन प्रधानमन्त्री देउवाको चाकडी गरिरहेको भन्दै हात जोडेरै मन्त्री बनाइदिन व्यङ्गात्मक आग्रह गर्नुभएको हो ।

ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास हुन्छ कि हुँदैन भनेर प्रश्न गर्नुभएको छ ।प्रतिनिधि सभाको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख किन नगरेको भन्दै आश्चर्य व्यक्त गर्नुभएको छ । एमसीसीबारे साझा न्यूनतम कार्यक्रममा केही उल्लेख नगरेको बरु आफूले पहिले एमसीसी पास गर्नुपर्ने भनेको भिडियो क्लिपको प्रचार गर्ने काम भइरहेको ओलीको भनाइ छ । यस्तै कालापानी, लिम्पियाधुरा र कालापानीमा रहेको सीमा विवाद समाधान गरिने उल्लेख गरेको तर भूमि फिर्ता ल्याउने विषय उल्लेख नगरेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला