काठमाडौं । साउन २६ गते
पूर्वप्रधाानमन्त्री केपी शर्मा ओलीप्रति पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कटाक्ष गर्नु भएको छ । प्रधानमन्त्रीबाट हटेपछि आज प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले गरेका दाबी र तर्कहरूप्रति सामाजिक सञ्जाल मार्फत डा. बाबुराम भट्टराईले कटाक्ष गर्दै दैवले सबैको औषधी रचे पनि मूर्खको औषधी बनाउन बिर्सिएको उल्लेख गर्नु भएको छ ।
उहाँले ट्वीटरमा लेख्नु भएको छ , सबको औषधी दैवले रचिदियो बिर्सेछ कि ,भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो, पटकपटक संविधानको उल्लंघन,संसदको हत्या,अध्यादेशको राज,भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना,उल्टै जो चोर उसको ठुलो स्वर ।