×

TUNGOON

सत्ता र शक्तीको आडमा मत्तीएको काङ्ग्रेस – राजेन्द्र राई


काठमाडौं । साउन २६ गते
नेपाल संविधान संवत चल्ने मुलुक हो भन्ने कुरामा कुनै संकोच मान्नु पर्ने अवस्था छैन । तर अहिलेका शासकहरुले नियम,कानुनलाई आफू अनुकुल बनाएर प्रस्तुत गर्दछन ।यदि शासकको अनुकुल छ भने उनिहरु जस्तोसुकै कदम चाल्न पनि पछि पर्दैनन् ।धनकुटा जिल्लामा काङ्ग्रेस पार्टिको पहलमा स्वस्थ्य सामाग्री वितरण गरिएको । जुन काम जनप्रतिनिधिले गर्नुपर्ने हो त्यो काम जनप्रतिनिधि समेत नरहेका पार्टी प्रतिनिधि को हातमा पठाइ शक्ति र सत्ता भए जे पनि गर्न सकिँदो रहेछ मिल्दो रहेछ भन्ने उदाहरण प्रस्तुत गरेको छ । धनकुटा जिल्लामा काङ्रेसलाई पराजय गर्दै तत्कालिन ने।क।पा को तर्फ बाट राजेन्द्र राईले संघिय निर्वचानमा विजयी हुनुभयो । उहाँले आफ्नो सरकारका पालामा स्वास्थ्य सामाग्री लगायत अन्य उपकरणहरु आफ्नो पहलमा पुर्याउनुभयो तर जब एमालेको सरकार ढल्यो र अदालतको परामादेशबाट काङ्ग्रेसको सरकार बन्यो त्यसैबेला देखि नै पार्टितन्त्र हाबी भयो । सरकारले जनप्रतिनिधि मार्फत सरकारी सामाग्री पठाउनु पर्नेमा पार्टी प्रतिनिधीलाई पठाएको छ ।

यदि पार्टी प्रतिनिधिबाट नै सबै काम गराउने भए जनप्रतिनिधीको के काम भनी माननीय राजेन्द्र राइले प्रश्न गर्नु भयो छ ।साथै उहाँले पार्टीको निर्देशन बमोजिम सरकार संचालन हुन खोजेको र जनप्रतिनिधिको अवहेलना गरेको आरोप लगाउनु भयो । उहाँले परमादेशको सरकार बन्न साथै यस सरकारले भत्काउने , बिगार्ने र अघिल्लो सरकारले गरेको सबै राम्रा कामलाई ध्वस्त बनाउने प्रयास गरी देशलाई अग्रगमनको नारा लगाउँदै प्रतिगमन तर्फ धकेल्ने कोशिस गरिरेको आरोप लगाउनु भयो । अघिल्लो सरकारले एक करोड साट्ठि लाख डोज खोपको सम्झौता गरेको र उक्त खोप वितरण गर्न ढिलासुस्ती गरी आफ्ना पार्टी प्रतिनिधीलाई होटलमा खोप वितरण गर्ने, सर्वसाधरणलाई २४ घन्टा लाइन बसाएर खोप लगाउन नदिने,खोप लगाए पनि प्रमाणित गर्न एक हप्ता बढी लाइनमा बसाइ जनतलाई सास्ती दिने काम बाहेक केगि नगरेको बताउनु भयो ।त्यसैले खोपमा अनियमितता नगर्न र नियम बमोजिम काम गर्न राइले सरकारलाई अनुरोध गर्नु भएको छ ।

 

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला