×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । साउन २७ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आफन्तको सहयोग प्राप्त हुने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा अचल सम्पत्ति हात पर्नुका साथै शुभ समाचार सुन्न पाइएला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मनोरञ्जनमा सहभागी भइनुका साथै बन्धु बान्धवबाट सहयोग मिल्ने योग रहेको छ भने जोशजाँगर र हिम्मत बढ्ने तथा पारिवारिक सद्भाव बढ्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज प्रेमीको सहयोग प्राप्त हुनुका साथै अतिथिको रूपमा सत्कार पाइने योग रहेको छ भने वैदेशिक क्षेत्रबाट सफलता मिल्ने तथा दैनिक कार्यमा प्रगति हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने दाम, इनाम र प्रतिष्ठा कमाउनुका साथै परिवारमा सुख सन्तोष छाउने तथा स्वादिष्ट भोजन पाइनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्ने योग रहेको छ भने शैक्षिक क्षेत्रको योजनाले गति लिने तथा छोटो यात्रा गर्ने अवसर मिल्नेछ, तर साँझमा खर्च बढ्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मन खिन्न हुने स्थिति आउनुका साथै बन्न लागेको काम बिग्रिने तथा अनावश्यक झमेलामा परिने योग रहेको छ भने विविध समस्या खेप्नु पर्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज सामाजिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ भने शैक्षिक कार्य अघि बढ्नुका साथै कुटुम्बको साथ पाइने तथा शेयर बजारको लगानीले दीर्घकालीन लाभ मिल्ला ।

बृश्चिक
वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज धार्मिक तथा समाजसेवामा मन लाग्ने योग रहेको छ भने न्यायिक कार्यमा सफलता मिल्नुका साथै शुभकार्यको चर्चा चल्ने र राज्यबाट सहयोग मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आफूलाई कमजोर भएको अनुभूति हुने योग रहेको छ भने महत्त्वपूर्ण अवसर गुम्न सक्ने तथा मुद्दा मामिला आइलाग्नेछ, तर यात्रा सफल हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने योग रहेको छ भने धार्मिक यात्राको समय छ भने नयाँ कार्यको योजना बन्ने तथा साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज वित्तिय संस्थाबाट सहयोग पाइने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनुका साथै शुभकार्यको चर्चा चल्ने तथा पुँजीबजारले पनि साथ दिनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला