×

TUNGOON

उद्यमीले व्यहोर्दै आएका जोखिम न्यूनीकरण गर्न सरकारले सहजीकरण गर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पौडेलको भनाई


काठमाडौं । साउन २७ गते
सस्तोमा वस्तु उत्पादन गर्ने अवसर दिइ नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले बताउनु भएको छ । नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उपाध्यक्ष पौडेलले सरकारको खर्च घटाइ उद्यमीलाई सहुलियत दिने बाटोमा अघि बढ्नुपर्ने उल्लेख गर्नु भएको छ । उहाँले उद्यमीले सस्तोमा उत्पादन गर्न नसके उनीहरूले प्रतिस्पर्धात्मक क्षमता विकास गर्न नसक्ने भन्दै सरकारले सहज व्यवसायका लागि नियामकीय दायरा खुला बनाइ खुला प्रतिस्पर्धात्मक बजार निर्माणमा सहयोग गर्नुपर्ने जिकिर गर्नु भएको छ ।

उहाँले सरकारले दीर्घकालीन् राजस्वको स्रोतहरू खोज्ने बताउनु भएको छ । पौडेलले उत्पादनमूलक क्षेत्रको विकास नभइ सेवा क्षेत्रले मात्रै नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताउनु भएको छ उ। उहाँले द्यमीले व्यहोर्दै आएका जोखिम न्यूनीकरण गर्न सरकारले सहजीकरण गर्ने उल्लेख गर्नु भएको छ । नीति तथा कानुनहरूमा एकरूपमा र नयाँ सोचलाई समावेश गर्ने उहाँको भनाई छ । पौडेलले अर्थतन्त्रमा उत्पादनशील क्षेत्रको योगदान कमजोर रहेको यथार्थ विवरण सार्वजनिक गरिएको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला