×

TUNGOON

अफगानिस्तानबाट सैनिक फिर्ता गर्दा कुनै दुख नलागेको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाई


काठमाडौं । साउन २७ गते
अफगानिस्तानबाट सैनिक फिर्ता गर्दा कुनै दुख नलागेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । मंगलबार ह्वाइट हाउसमा पत्रकारसँग बोल्दै बाइडेनले उक्त कुरा बताएका हुन्।उनले अमेरिकाले अफगानिस्तानलाई गरेको वाचा पूरा गर्ने बताए पनि आफ्नो राष्ट्रका लागि आफै लड्नुपर्ने कुरामा जोड दिए । अमेरिकाले अफगानिस्तानसँग हवाई सहायता, सेनाको तलब र अफगानी सुरक्षाबलको सप्लाई आदि कुरामा सहयोग गर्ने वाचा गरेको थियो ।

२० वर्षको सैन्य अभियानपछि अमेरिकी सैनिकको फिर्ती भएको छ । फिर्तीसँगै तालिबानको ज्यादती बढ्दै गइरहेको छ । अफगानी सैनिक र तालिबानबीच देशका विभिन्न क्षेत्रमा संघर्ष जारी छ । तालिबानले अहिलेसम्म कम्तीमा पनि ८ प्रान्तीय राजधानीमा कब्जा गरिसकेको छ । अरू सहरमा पनि कब्जा गर्ने दाउमा तालिबान छ । तालिबानले युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायको अनुरोधलाई पनि अस्वीकार गरेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला