×

TUNGOON

वैधानिक समय सीमाभित्र महाधिवेशन गराउन युवाहरुले नेतृत्वलाई दबाब दिने वेला आएको काँग्रेसका नेता नैनसिंह महरको भनाई


काठमाडौं । साउन २७ गते
वैधानिक समय सीमाभित्र महाधिवेशन गराउन युवाहरुले नेतृत्वलाई दबाब दिने वेला आएको नेपाली काँग्रेसका नेता नैनसिंह महरले बताउनु भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा सञ्जालले आयोजना गरेको भर्चुअल कार्यक्रम युवा नेता महरले विहीबार बस्न लागेको महाधिवेशन केन्द्रित केन्द्रीय कार्यसमितिको बैठकलाई ९ लाख सक्रिय कार्यकर्ता चाहना विरुद्ध गएर मनपरी नगर्न आग्रह गर्नु भएको छ ।

केन्द्रीय समिति मात्रै सम्पूर्ण काँग्रेस नभएकाले ९ लाख सक्रिय नेता कार्यकर्ताको हित प्रतिकुल हुने गरि निर्णय नगर्न नेता महरको आग्रह छ ।केन्द्रीय समितिले आफ्नो साढे ५ वर्षको कार्यकाल गुट–उपगुट र भागबण्डामा समय गुजारेकाले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न अप्ठ्यारो भइरहेको महरको भनाइ छ ।नेविसंघको पूर्व अध्यक्ष समेत रहेका उहाँले महाधिवेशन फास्ट ट्रयाकबाटै भएपनि समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । कुल जनसंख्याको ४० प्रतिशत बढी युवा हुनु मुलुकका लागि राम्रो कुरा भएको बताउँदै अब राजनीतिक दल र राज्यका हरेक ठाउँमा युवाको हस्तक्षेपकारी भूमिका हुनुपर्ने महरले बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला