×

TUNGOON

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै


काठमाडौं । साउन २८ गते
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । दिउँसो एक बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले विशेष समय लिइ कोरोना भाइरस संक्रमणको अहिलेको अवस्था र यसलाई नियन्त्रण गर्नका लागि सरकारले गरेका प्रयास बारेमा जानकारी दिनेछन् ।

यसैगरी राज्यमन्त्री श्रेष्ठले हालसम्म नेपालमा आएको खोप, लगाइएको विवरण, थप खरिद गर्ने बारेमा पनि जानकारी दिने सचिवालयले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला