×

TUNGOON

आज नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै


काठमाडौं । साउन ३० गते
आज नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ । माओवादी केन्द्रको शुक्रवार स्थायी समितिको बैठक बसेको थियो । आज बस्ने केन्द्रिय समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजबाट सुरु हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको जानकारी दिए ।शुक्रवार बसेको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले तत्काल मन्त्रिमण्डल विस्तार हुने सम्भावना कम भएको बताएका थिए । त्यसका साथै उनले बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने र सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्नुपर्ने धारणा राखेका थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला