×

TUNGOON

सबै परीक्षार्थीलाई खोपको व्यवस्था गर्ने गृहकार्य भइरहेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठद्वारा जानकारी


काठमाडौं । साउन ३० गते
सबै परीक्षार्थीलाई खोपको व्यवस्था गर्ने गृहकार्य भइरहेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत राज्यमन्त्री श्रेष्ठले सबैथरी परीक्षार्थीलाई खोप लगाउन गृहकार्य भइरहेको जानकारी दिनुभएको हो ।विश्वविद्यालयका विभिन्न सङ्काय र तहमा परीक्षा दिने विद्यार्थीलाई अस्तिदेखि खोप दिन थालिएको छ ।

यस्तै उहाँले किशोरकिशोरीका लागि मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेको बताउनुभएको छ । दक्षिण एसियामै गाभीबाट लागत सहभागितामा खोप खरिद गर्ने नेपाल पहिलो देश बनेको समेत उहाँको भनाइ छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला