×

TUNGOON

वर्तमान सरकारको एक पिल्लर नेपाल पक्षको आन्तरिक जटिलता टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउँछ –विश्वप्रकाश शर्मा


काठमाडौं । साउन ३० गते
वर्तमान सरकारको एक पिल्लर नेपाल पक्षको आन्तरिक जटिलता टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भएको छ । सत्तारुढ नेपाली काँग्रेसले नेकपा एमालेको माधवकुमार नेपाल पक्ष एउटा टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने बताएको छ ।

उहाँले सरकार बन्दै गर्दा चारवटा पिल्लर खडा भएको र त्यस मध्येको एउटा पिल्लर माधव नेपालले नेतृत्व गर्नुभएको एमाले रहेको उल्लेख गर्नु भएको छ । काँग्रेसले केन्द्रीय समिति बैठकबाट सरकार सञ्चालन र समसामयिक राजनीति र अन्य विविध विषयमा पनि साझा रुपमा धारणा निर्माण हुने शर्माको भनाइ थियो । उहाँले राष्ट्रिय राजनीतिलाई सही ढंगले सम्पादन गरेर अगाडी जानुपर्ने राष्ट्रिय राजनीतिको कार्यभार एकतर्फ र अर्कोतर्फ, नेपाली कांग्रेस पार्टीको महाधिवेशन सम्पन्न गर्दै संगठनलाई सुदृढ बनाएर जाने घरेलु कार्यभार रहेको बताउनु भएको छ । यो दुईवटै कार्यभारको सम्बन्धमा बैठकमा भइरहेको छलफलपछि निष्कर्षमा पुग्ने धारणा राख्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला