×

TUNGOON

आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको प्रचण्डको दाबी


काठमाडौं । साउन ३० गते
आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताउनु भएको छ । आज काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटीको बैठकमा समसामयिक परिस्थितिबारे ‘संक्षिप्त रिपोर्टिङ’ गर्ने क्रममा प्रचण्डले आगामी निर्वाचनसम्म आउँदा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना रहेको जिकिर गर्नु भएको छ । उहाँले पछिल्ला राजनीतिक घटनाक्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको बताउनु भएको छ ।

तर, यसका लागि अब यो राजनीतिक पहललाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न बाँकी रहेको उहाँको भनाई छ । बैठकलाई सम्वोधन गर्दै प्रचण्डले हाम्रो अस्तव्यस्त भएको संगठन नै भएको र माओवादी नेतृत्वले राजनीतिक पहल आफ्नो हातमा लिएको छ, अब यसलाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न जरुरी छ । माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दाहरु उल्टिने र देश नै दुर्घटनामा पर्न सक्ने भएकाले परिवर्तनको रक्षा गर्ने, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पहल माओवादी लिनुपर्ने बताउनु भएको छ । यसबीचमा नेतृत्वबाट कमी कमजोरीहरू पनि भएको बताउँदै प्रचण्डले संघ र प्रदेश दुबैतिर माओवादी बलियो भएको बताउनु भएको छ । माओवादी अध्यक्ष प्रचण्डले अरु दलहरुभन्दा माओवादी पार्टीमा कम समस्या रहेको र वैचारिक रुपमा एकतावद्ध रहेको दाबीसमेत गर्नु भएको छ ।केन्द्रीय कमिटीको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले नेकपाको तीन वर्षे कार्यकालको पनि समीक्षा गर्नु भएको छ । नेकपाका दुई अध्यक्षमध्ये केपी ओलीले प्रतिक्रियावादी धारको नेतृत्व गरेको र आफूले क्रान्तिकारी धारको नेतृत्व गर्दै ओलीविरुद्ध वैचारिक संघर्ष गरेको प्रचण्डको भनाई छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला