×

TUNGOON

उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गर्न निजी क्षेत्रलाई अर्थमन्त्री जनार्दन शर्माको भनाई


काठमाडौं । साउन ३० गते
उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गर्न निजी क्षेत्रलाई अर्थमन्त्री जनार्दन शर्माले अपिल गर्नु भएको छ । आज नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले भर्चुअल रुपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले उत्पादन बृद्धि गरेर आयात प्रतिस्थापन गर्नेतिर लाग्नुपर्नेमा जोड दिनु भएको छ ।

अर्थमन्त्री शर्मालेयसका लागि सामान्य प्रयत्‍नले नपुग्ने भन्दै गुणात्मक प्रयत्न जरुरी रहेको बताउनु भएको छ । निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि उत्पादन बृद्धि गर्नु अपरिहार्य रहेको भन्दै उहाँले यसमा निजी क्षेत्रको सहयोग को आवश्यकता औंल्याउनु भएको छ । कोभिड १९ संकटको बेला निजी क्षेत्रले राहत महशुस गर्ने गरी सरकारले पाइला चाल्ने जानकारी गराउँदै उनले भर्खरै सार्वजनिक मौद्रिक नीतिमार्फत यसलाई सम्बोधन गर्ने प्रयास गरिएको बताउनु भएको छ । राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नको लागि निजी क्षेत्रले के कस्तो नीतिगत सुधार चाहन्छ त्यसका लागि सरकार तयार रहेको मन्त्री शर्माको भनाइ छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला