×

TUNGOON

प्रधानमन्त्री देउवाको निजी निवास बूढानीलकण्ठमा कांग्रे शीर्ष नेताहरूको छुट्टै बैठक


काठमाडौं । साउन ३० गते
अहिले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा कांग्रे शीर्ष नेताहरूको छुट्टै बैठक बसेको छ।केन्द्रीय समिति बैठक चलिरहेको बेला शीर्ष नेताहरू छलफलमा जुटेका हुन्। महाधिवेशनको नयाँ कार्य तालिका, क्रियाशील सदस्यता विवाद र आमन्त्रित केन्द्रीय सदस्यको राजीनामाको सन्दर्भमा सहमति पहिल्याउन शीर्ष नेताको बैठक छुट्टै बसेको हो। केन्द्रीय समिति बैठक पनि देउवानिवासमै जारी छ। देउवा शीर्ष नेताको बैठकमा रहेकाले केन्द्रीय सहमतिको बैठक उपसभापति विमलेन्द्र निधिले सञ्चालन गरिरहेका छन्। कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारदेखि जारी छ।

शुक्रबारसम्म ३१ केन्द्रीय र आमन्त्रित सदस्यहरुले धारणा राखेका छन्। बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुको चासो क्रियाशील सदस्यतामा केन्द्रित रहेको देखिएको छ। कांग्रेसले केन्द्रीय सदस्यको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ।आजको बैठक अघि वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको बैठक बसेको छ। महामन्त्री डा।.शशाङ्‍क कोइरालानिवास महाराजगञ्‍जमा बसेको बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल भएको थियो। आमन्त्रित केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउनुपर्ने मागलाई स्वीकार गर्न नसकिने बैठकको निर्णय रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला