×

TUNGOON

सर्वसम्मतिमै महाधिवेशनको नयाँ कार्यतालिकाको टुङ्गो लगाउने कांग्रेसका प्रवक्ता शर्माद्वारा जानकारी


काठमाडौं । साउन ३० गते
सर्वसम्मतिमै महाधिवेशनको नयाँ कार्यतालिकाको टुङ्गो लगाउने नेपाली कांग्रेसले जनाएको छ ।आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा नयाँ कार्यतालिकाका विषयमा केन्द्रीय सदस्यहरुले धारणा राखेको र धारणा राख्ने क्रम सकिएपछि परिमार्जित कार्यतालिका पेश हुने तथा सर्वसम्मतले पारित हुने प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनु भएको छ । १४ औं महाधिवेशनको नयाँ कार्यतालिकाको विषयमा सदस्यहरुले आफ्नो धारणा राखिरहेको उहाँको भनाई छ ।

त्यस्तै महाधिवेशन निर्वाचन निर्देशिकाको विषयमा पनि धारणा राख्ने क्रम जारी रहेको र यसलाई पनि आवश्यक परिमार्जन गरिने शर्माले बताउनु भएको छ । उहाँले बैठकमा सदस्यहरुले अफगानस्तानको घटनाक्रमले नेपाली कामदारलाई पर्नसक्ने असर, बेलायती भूतपूर्व गौर्खा सैनिकको विषय, ईपीएस परीक्षा पास गरेर कोरिया जान नपाएका नेपाली युवालगायतका विषयमा पनि प्रधानमन्त्री समेत रहेका सभापति देउवाको ध्यानाकर्षण गराइएको जानकारी दिनु भएको छ । उहाँले आमन्त्रित केन्द्रीय सदस्यहरुले राजीनामा दिँदै गर्दा उठाएका विषयलाई पनि सम्बोधन गरिने बताउनु भएको छ ।

 

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला