×

TUNGOON

स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिडको जित


काठमाडौं । साउन ३१ गते
स्पेनिस ला लिगा फूटबलमा सिजनको पहिलो खेलमा रियलले अलाभेसलाई ४–१ ले हराएको छ । अवे मैदानमा रियलले ४८औं मिनेटमा करिम बेञ्जिमाको गोलबाट अग्रता लिएको थियो । ५६औं मिनेटमा नाचोले रियलको अग्रता दोब्बर पारे । लगत्तै टोलीका लागि ६२औं मिनेटमा बेञ्जिमाले व्यक्तिगत दोस्रो गोल थपेका थिए ।

त्यसपछि ६५औं मिनेटमा जोशिलुले पेनाल्टीमार्फत गोल गरेपछि अलाभेस खेलमा फर्कने प्रयास गरेको थियो । तर इञ्जुरी समयमा भिनिकस जुनियरले गोल गरेपछि रियल समग्रमा ४१ ले विजयी भयो ।ला लिगाकै अन्य खेलमा लेभान्टे र काडिज तथा मालोर्का र रियल बेटिसले एक९एक गोलको बराबरी खेल्दा स्पानुयल र ओसासुना गोलरहित बराबरीमा रोकिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला