काठमाडौं । साउन ३१ गते
बीबीसीका अनुसार आज बिहान तालिबानले अफगानिस्तानको पूर्वी सहर जलालावाद पनि तालिबानले नियन्त्रणमा लिएको हो। अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहर कब्जा गरेका छन्। अफगान सुरक्षाकर्मीले प्रतिकारबिनै जलालावाद सहर तालिबानलाई सुम्पिएको बीबीसीले जनाएको छ।
योसँगै अब देशका प्रमुख सहरमध्ये अफगान सरकारको पकडमा राजधानी काबुल मात्रै बाँकी बसेको छ।तालिबानी लडाकुहरू राजधानी काबुल नजिकै पुगिसकेका छन् भने त्यो पनि कब्जामा लिने प्रयासमा छन्।