×

TUNGOON

हाइटीमा ७ दशमलव २ म्याग्निट्युडको शक्तिशाली भूकम्प गयो, ३ सय ४ जनाको मृत्यु


काठमाडौं । साउन ३१ गते
हाइटीमा ७ दशमलव २ म्याग्निट्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३ सय ४ जनाको निधन भएको छ । भूकम्पबाट पश्चिमी भेगका कम्तीमा दुई ठूला शहरमा तहसनहस हुँदा कम्तीमा ३ सय ४ जनाको निधन हुनुको साथै १ हजार ८ सय भन्दा बढी मानिस घाइते भएका छन् ।लेस कायेस र जेरेमिन दुई शहरमा ठूलो क्षति भएको बताइको छ ।

प्रधानमन्त्री एरियल हेनरीले भूकम्पले ठूलो क्षति भएको भन्दै एक महिना लामो संकटकालको घोषणा गरेका छन् । हाइटीमा सन् २ हजार १० मा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।१० किलोमिटर गहिराईको भूकम्पको धक्का एक सय किलोमिटर टाढा जमैकासम्म महसुस गरिएको थियो । भूकम्पपछि त्यहाँका मानिस घर छोडेर सुरक्षित स्थानतर्फ गएका छन् भने सुनामीको चेतावनी पनि दिइएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला