×

TUNGOON

व्यक्ति र धर्म संस्कृति जोडिएकै थिएन भने भैसी पूजा र होली वाइन समारोह किन आयोजना गरिएको हो पूर्वमन्त्री बाँस्कोटाको प्रश्न


काठमाडौं । साउन ३१ गते
व्यक्ति र धर्म संस्कृति जोडिएकै थिएन भने भैसी पूजा र होली वाइन समारोह किन आयोजना गरिएको हो भन्दै नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रश्न गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपाललाई लक्षित गर्दै उक्त कुरा बताउनु भएको हो । केही वर्षअघि सुनसरीको चतरामा भएको एउटा महायज्ञमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भैंसी पूजा गरेको खुब चर्चा भएको थियो।

प्रचण्ड स्वम धर्म नमान्ने कम्युनिष्ट नेता भएको बताइएको समयमा प्रचण्डले गरेको भैसी पूजाको चौतर्फी विरोध पनि भएको थियो। प्रचण्ड प्रधानमन्त्री हुँदा भैसी पूजा गरेको भन्दै कम्युनिष्ट नेताहरूबाट समेत खुलेर प्रचण्डको आलोचना भएको थियो।बास्कोटाले जलारी र राम मन्दिरको विरोध चै किन गरेको भन्दै प्रश्न पनि गर्नु भएको छ । उहाँले छुवाछुत व्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या भन्दै हिन्दु संस्कृतिको अंग नभएको स्पस्ट पार्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला