×

TUNGOON

इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा लेबनानमा २० जनाको मृत्यु


काठमाडौं । साउन ३१ गते
इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा लेबनानको उत्तर पश्चिमा पर्ने अक्करमा २० जनाको ज्यान गएको छ । ७९ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार चलिरहेको अल्जजिराले जनाएको छ ।ट्याङ्कर विस्फोटको कारण खुलेको छैन ।

लामो समयदेखि आर्थिक सङ्कटमा रहेको लेबनानले केही महिनादेखि इन्धन अभावको चुनौती समेत सामना गरिरहेको छ । लेबनानका पूर्व राष्ट्रपति साद अल हरिरीले ट्वीटमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै वर्तमान राष्ट्रपतिसँगै लेबनानका अधिकारीले विस्फोटको जिम्मेवारी लिनुपर्ने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला