×

TUNGOON

पार्टी समेत सहभागी भएको गठबन्धन सरकारले समाजवादको लागि साझा कार्यक्रम तयार गर्नुपर्ने नेता राम कार्कीको भनाई


काठमाडौ । साउन ३१ गते
अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा छलफल सुरु भएको छ । समूह विभाजन गरेर सुरु गरिएको छलफलमा प्रदेश नम्बर १ को टोली नेताको रुपमा धारणा राख्दै नेता राम कार्कीले पार्टी समेत सहभागी भएको गठबन्धन सरकारले समाजवादको लागि साझा कार्यक्रम तयार गर्नुपर्ने बताउनु भएको छ । उहाँले ‘गठबन्धनले समाजवादको कार्यक्रमबारे बोलेको र समाजवादको साझा कार्यक्रम तय गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ ।

पार्टीभित्र आत्मसमीक्षा आलोचनात्मक नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डको प्रतिवेदनमा केही विषय छुटेको पनि उल्लेख गर्नु भएको छ । प्रतिवेदनमा गोर्खा भर्ती केन्द्रबारेको विषय नभएको, अरु दललाई हेर्ने दृष्टिकोण स्पष्ट नभएको बताउँदै उहाँले पार्टीलाई सशक्त बनाउन ठोस कार्ययोजना बनाउन जरुरी भएको पनि धारणा राख्नु भएको छ । पार्टीलाई गतिशील बनाउन उपयुक्त जिम्मेवारी दिनुपर्ने र लिनेले पनि प्रभावकारी ढंगले काम गर्नुपर्ने उहाँको भनाइ छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला