×

TUNGOON

अफगानिस्तानमा रहेका नेपाली कामदारहरुलाई स्वदेश फर्काउन पूर्व प्रधानमन्त्री डा. भट्टराईको अपिल


काठमाडौ । साउन ३१ गते
अफगानिस्तानमा रहेका नेपाली कामदारहरुलाई स्वदेश फर्काउन पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आग्रह गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले अफगानिस्तानमा आन्तरिक द्वन्द्व बढेर करिब १४ हजारभन्दा बढी नेपालीहरु संकटमा परेको भन्दै सरकारले तुरुन्तै स्वदेश फर्काउनुपर्ने बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री डा. भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल वा बहानाबाजी गर्न नहुने बताउनु भएको छ । द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै नहुने र गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व भएको उहाँको भनाई छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला