×

TUNGOON

अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पुर्‍याउने व्यवस्था गृह मन्त्रालयको निर्देशन


काठमाडौं । भाद्र १ गते
अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पुर्‍याउने व्यवस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको छ। सोमबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले उक्त निर्देशन दिएको हो। ‘त्यहाँ रहेका नेपाली नागरिकलाई कसरी सुरक्षित राख्‍ने र स्वदेश फर्काउने भन्‍ने विषयमा कार्ययोजना सहित कार्य गर्न र उनीहरूलाई स्वदेशमा ल्याइसकेपछि गर्नुपर्ने तयारी गरी स्वदेश फर्काइएका नागरिकको स्वास्थ्य जाँचको व्यवस्था गर्ने र संक्रमितहरूलाई उपचारको व्यवस्था र अरूलाई घरसम्म पुर्‍याउने व्यवस्था समेत मिलाउन आग्रह गरेको छ ।

गृहमन्त्री खाँणले उक्त विषयमा परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सूचना आदानप्रदान र समन्वय गरेर प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला