×

TUNGOON

महन्थ ठाकुर र राजेन्द्र महतो समूह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा


काठमाडौं । भाद्र १ गते
आफू अनुकूलको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गराउने उद्देश्यले जनता समाजवादी पार्टीभित्र चर्को अल्पमतमा रहेको महन्थ ठाकुर र राजेन्द्र महतो समूह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न केहीबेर अघि जसपा नेताहरु महन्थ ठाकुर, शरदसिंह भण्डारी र लक्ष्मणलाल कर्ण त्यहाँ पुगेका हुन् ।

ठाकुुर समूहले जसपाबाट छुट्टिएर नयाँ दल दर्ताको निम्ति अनुकूल व्यवस्थासहितको अध्यादेश जारी गरेको अवस्थामा आफूहरु समेत देउवा सरकारमा सामेल हुने आशय राखेको स्रोतको दाबी छ ।सरकारले हिजो एकाएक प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेपछि राजनीतिक दलसम्बन्धी अध्यादेशको चर्चा चुलिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला